पाँच दिनपछि बढ्यो सेयर बजार, ५६ अंकले उकालो लाग्यो नेप्से

काठमाडौँ । केही दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजार साताको दोस्रो दिन भने एकाएक उच्च अंकले उकालो लागेको छ । अघिल्लो साताको दोस्रो दिनदेखि ओरालो लागिरहेको सेयर बजार दुुई हजारको विन्दुुमा पुुगेको थियो । सोमबार नेप्से परिसूचकलाई साथ दिंदै कारोबार रकममा पनि अघिल्ला दिनको तुलनामा बढोत्तरी आएको छ ।

सोमबार सेयर बजारमापक नेप्से परिसूचक ५५.८८ अंकले उकालो लागेर २०६५.८९ को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ११.२३ अंकले उकालो लागेर ३९८.१३ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.२७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.९० प्रतिशतले उकालो लागेको छ ।

फेरी ओरालो बाटोमा लागेको सेयर बजार दुुई हजारको विन्दुमा ओर्लिएको थियो । पछिल्ला पाँच कारोबार दिनमै सेयर बजार ११३ अंकले ओरालो लागेको थियो ।

साताको पहिलो दिन सेयर बजारमापक नेप्से परिसूचक २७.९२ अंकले ओरालो लागेर २०१०.०१ को विन्दुुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ४.७६अंकले ओरालो लागेर ३८६.९० को विन्दुुमा पुुगेर रोकिएको थियो । समग्रमा आइतबारको नेप्से १.३७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.२२ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबार दिनभर २१५ कम्पनीहरुको ६० लाख २६ हजार १९२ कित्ता सेयर ४२ हजार ८९७ पटक खरिदबिक्री हुँदा दुुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुुन अघिल्लो दिनको तुुलनामा ५६ करोड रुपियाँले बढी हो ।

आइतबार दिनभर २२७ कम्पनीहरुको ४५ लाख ५९ हजार २२ कित्ता सेयर ३८ हजार ४१८ पटक खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार २१ करोड दुुई लाख रुपियाँको सेयर कारोबार भएर शिवम सिमेन्ट सर्वाधिक मूल्यको सेयर कारोबार गर्ने मध्येको अग्रणी बनेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख र नेपाल दुरसञ्चार कम्पनीको छ करोड ८५ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूूहमध्ये सबैको सूूचक उकालो लागेको छ । फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले उकालो लागेको दोस्रो दिन अन्य उपसमुुहको ६.२७ प्रतिशत, विकास बैंक उपसमूहको ५.३३ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले उकालो लागेको छ ।


SHARE THIS