सेयर बजारमा गिरावटै निरन्तरता, पाँच दिनमा ११३ अंकले ओरालो

काठमाडौँ । फेरी ओरालो बाटोमा लागेको सेयर बजार दुुई हजारको विन्दुमा ओर्लिएको छ । पछिल्ला पाँच कारोबार दिनमै सेयर बजार ११३ अंकले ओरालो लागेको छ ।

साताको पहिलो दिन सेयर बजारमापक नेप्से परिसूचक २७.९२ अंकले ओरालो लागेर २०१०.०१ को विन्दुुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.७६अंकले ओरालो लागेर ३८६.९० को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा आइतबारको नेप्से १.३७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.२२ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार दिनभर २२७ कम्पनीहरुको ४५ लाख ५९ हजार २२ कित्ता सेयर ३८ हजार ४१८ पटक खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार १६ करोड ५१ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन डिस्टिलरी सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्येको अग्रणी भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २८ लाख, शिवम सिमेन्टको आठ करोड २० लाख, स्वाभिमान लघुवित्तको छ करोड ६० लाख र नबिल बैंकको चार करोड ४३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूह सार्वाधिक ३.५८ प्रतिशतले ओरालो लागेको छ भने फाइनान्स उपसमूह २.५८ प्रतिशत,  जीवन बीमा उपसमूह २.४३ प्रतिशत, लगानी उपसमूह २.७२ प्रतिशत, व्यापार उपसमूहको सूचक २.२६प्रतिशतले ओरालो लागेको छ ।

अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८.१० प्रतिशतले उकालो लागेको आइतबार कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशतले उकालो लागेको छ ।

यता गुँरास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशत, इमर्जिङ नेपालको ५.८३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको ५.७५ प्रतिशतले घटेको छ ।


SHARE THIS