बर्दियाको राजापुरमा एभेरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो साखाको संयुक्त उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको जनाइएको छ ।


SHARE THIS