एनबी बैंकलाई प्राप्ति गरी सोमबारदेखि एकीकृत वित्तीय कारोबार गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।

एकीकृत वित्तीय कारोबारसँगै अब नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले सोमबारदेखि नबिल बैंकको कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने नबिल बैंकले जनाएको छ ।

दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि शुक्रबार कार्यालय समयपछि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार तथा शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ सेवा बन्द रहने बैंकले जनाएको छ ।

उक्त समयमा नबिल बैंकको क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने तथा बंगलादेश बैंकमा भने सो अवधिमा सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने बताइइको छ ।


SHARE THIS