प्राईम लाईफले दियो विद्यार्थीलाई झोला

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको श्री खाट मन्दिर आघारभूत विद्यालयका ३५० भन्दा बढि बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ । त्यस्तै सो विद्यालयको भवन निर्माणका लागि पनि तीन लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा सहयोग तथा ब्याग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो वडाको शैक्षिक विध्यालयको गुणस्तर बृद्धिका लागि आफू प्रयास रत रहने बताउनु भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले आफ्नो कम्पनीले आर्थिक सुरक्षाको व्यवसायसँगै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशील बनेर यस्तो सहायता उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।


SHARE THIS