एनएमबि बैंकद्वारा विद्यालयको भवन पुन:निर्माण

काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन संरचना/सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रममा बैंकले चार वटा कोठाको पुन: निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायतको उपस्थिति थियो भने विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति शिक्षक तथा विद्यार्थीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।


SHARE THIS