सनिमा बैंक र अन्नपूर्ण केबलकार बीच समझदारी

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा छुट पाउने भएका छन् । छुट सम्बन्धी सानिमा र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अन्तरगत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभयो ।


SHARE THIS