सगरमाथामा पुग्ने बीमाकर्मीलाई सम्मान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सगरमाथा आरोहण गर्ने बीमाकर्मी दाकिपा शेर्पालाई सम्मान गरेको छ । शेर्पाले कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो ।

पेशाले क्लाइम्बिङ गाइड दाकिपा शेर्पा रिलायन्स लाइफसँग आवद्ध भइ काम गर्दै आउनुभएको छ । उहाँले गत वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराउनु भएको थियो ।

सगरमाथा आरोही शेर्पालाई कम्पनीले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।


SHARE THIS