दुई सहकारीका ऋणी सूची सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

काठमाडौं । समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल १३२ जना ऋणीहरूको नामाबली सार्वजनिक भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हाम्रो नयाँ कृषि सहकारीका १२ जना तथा कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले २०८३ वैशाख २३ गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामाबली सार्वजनिक गरिएको जनाएको छ ।

समितिले साविकमै ऋण चुक्ता गरिसकेका तर नामाबलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै, बाँकी ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई शीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको समितिले जनाएको छ ।

समितिले तोकिएको समयभित्र ऋण नतिरेमा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने, बचतकर्ताको हित संरक्षण गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।


SHARE THIS