नेपालटारमा सानिमा बैंक

काठमाडौं । सानिमा बैंक लिमिटेडले तारकेश्वर नगरपालिकाको नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक  गायत्री थापाले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक  थापाले नेपालटारमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त  सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।


SHARE THIS