कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्टको उद्घाटन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मङ्गलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रममाझ ग्रीन बेल्ट उद्घाटन गर्नुभएको हो ।


SHARE THIS