आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।

पहिले प्रणालीलाई स्थिर राखे मात्र त्यसमा सबैको हित अटाउने बताउँदै उहाँले स्थिरता नहेरी आफ्नो फाइदा मात्र हेरियो भने समस्या अझ बढ्ने बताउनुभयो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० ले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

अहिले समग्र विश्व अर्थतन्त्र कसरी अगाडि बढिरहेको भन्दै त्यो हेर्नुपर्ने उहाँको भनाई थियो ।

रूस(युक्रेन युद्धको असरको प्रभावमा हामी परेकाले नेपाल चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै उहाँले भन्नुभयो ( यो चुनौति वाह्य क्षेत्रबाट आएको हो। यसलाई चिर्ने काम भइरहेको छ ।

गभर्नर अधिकारीले कोभिडमा दिएको सुविधामध्ये अझै पनि केही निरन्तर रहेको बताउनुभयो । सूचकहरू अझै पनि चुनौतिपूर्ण रहेको भन्दै समस्या बढी उपभोगबाट भएको भन्दै उहाँले भन्नुभयो उपभोगले चालू खाता घाटा बढेकाले त्यहाँ केही काम गर्नु पर्ने छ। यसरी काम गर्दा सबै सरोकारवालाले सहनु पर्ने भएकाले त्यसका लागि तयार रहनु पर्छ। कुनै पनि नीति महाप्रसादलाई के लाग्यो भनेर आउने होइन, मुलुकको अवस्थालाई हेरेर आउने हो । त्यसैले हाम्रो टेक्निकल टिमले त्यसमा काम गरिरहेको छ।

गभर्नर अधिकारीले फ्लोटिङ रेटमा ऋण लिएपछि त्यो थपघट हुने भन्दै राष्ट्र बैंकले स्थिर ब्याज दर पनि लागू गरेको बताउनुभयो ।


SHARE THIS