अन्तिम ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि एक अर्बले घट्यो

काठमाडौं । साताका तीन कारोबार दिनमा उत्साहजनक रुपमा उकालो लागेको सेयर बजार अन्तिम दिन भने नौ अंकले ओरालो लागेर बन्द भएको छ । नेप्सेसँगै शुक्रबारको कारोबार रकम एक अर्बले घटेको छ ।

शुुक्रबार सेयर बजारमापक नेप्से परिसूूचक ८.८७ अंकले ओरालो लागेर २०२८.७७ को विन्दुुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले ओरालो लागेर ३८८.६२ को विन्दुमा पुुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.४४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.८१ प्रतिशतले ओरालो लागेको छ ।

सुुधारको लय समाएको सेयर बजार २०३७ को विन्दुमा पुुगेको थियो । दुुई कारोबार दिनमै २०८ अंकले उकालो लागेको नेप्से परिसूूचकलाई साथ दिंदै कारोबार रकम पनि साढे दुुई अर्ब नजिक पुुगेको थियो ।

बिहीबार सेयर बजार मापक नेप्से ७४.९३ अंकले उकालो लागेर २०३७.६४ को विन्दुुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १२.६३ अंकले उकालो लागेर ३९१.७८ को विन्दुुमा पुुगेर रोकिएको थियो  । समग्रमा पाँचौं दिनको नेप्से ३.८२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ३.३३ प्रतिशतले उकालो लागेको थियो ।

यो साताको पहिलो कारोबार दिन उच्च अंकले उकालो लागेर फेरी दुई कारोबार दिन ओरालो लागेको नेप्से बुधबार पुन: सुधारिएको थियो । बुधबार नेप्से परिसूचक ४१.३९ अंकले उकालो लागेर १९६२.७१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको थियो ।

शुक्रबार दिनभर २२१ कम्पनीहरुको ३६ लाख ६३ हजार २२० कित्ता सेयर २८ हजार ८६६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै एक अर्ब रुपियाँले कमी हो ।

बिहीबार दिनभर २२७ कम्पनीहरुको ७२ लाख ५४ हजार ७० कित्ता सेयर ४७ हजार ३९२ पटक खरिदबिक्री हुँदा दुुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार पनि पाँच करोड ५७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्ट्स सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्ये अगाडि देखिएको छ । एशियन लाइफ इन्स्योरेन्सको पाँच करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको चार करोड ९० लाख, हिमालयन डिस्टिलरीको चार करोड ६० लाख र एनआइसी एशिया बैंकको चार करोड ५१ लाख रुपियाँको सेयर खरिदबिक्री भएको छ ।

अन्तिम दिन सिवाइसि नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले उकालो लागेको छ भने नेपाल फाइनान्सको ७.७० प्रतिशत, मैलुङ खोला हाइड्रोपावरको ६.१७ प्रतिशत र किसान लघुवित्तको ४.८१ प्रतिशतले बढेको छ ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको ४.०३ प्रतिशत, लक्ष्मी लघुवित्तको ३.७० प्रतिशत र जनरल इन्स्योरेन्सको ३.४२ प्रतिशतले घटेको छ ।

शुत्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसमूहको सूचक उकालो लागेको छ भने बाँकी १० उपसमूहको सूचक ओरालो लागेको छ । व्यापार समूह सर्वाधिक १.३९ प्रतिशतले उकालो लागेको शुक्रबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS