महालक्ष्मी विकास बैंकद्वारा खानेपानी व्यवस्थापन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिकामा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक विशेष समारोहका बीच भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

यस प्रकारको सहयोगले विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


SHARE THIS