सेयर बजारमा उच्च सुधार, कारोबार रकम पनि साढे दुुई अर्ब नजिक

काठमाडौं । सुुधारको लय समाएको सेयर बजार २०३७ को विन्दुमा पुुगेको छ । दुुई कारोबार दिनमै २०८ अंकले उकालो लागेको नेप्से परिसूूचकलाई साथ दिंदै कारोबार रकम पनि साढे दुुई अर्ब नजिक पुुगेको छ ।

बिहीबार सेयर बजार मापक नेप्से ७४.९३ अंकले उकालो लागेर २०३७.६४ को विन्दुुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १२.६३ अंकले उकालो लागेर ३९१.७८ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा पाँचौं दिनको नेप्से ३.८२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ३.३३ प्रतिशतले उकालो लागेको छ ।

यो साताको पहिलो कारोबार दिन उच्च अंकले उकालो लागेर फेरी दुई कारोबार दिन ओरालो लागेको नेप्से बुधबार पुन: सुधारिएको थियो । बुधबार नेप्से परिसूचक ४१.३९ अंकले उकालो लागेर १९६२.७१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको थियो ।

बिहीबार दिनभर २२७ कम्पनीहरुको ७२ लाख ५४ हजार ७० कित्ता सेयर ४७ हजार ३९२ पटक खरिदबिक्री हुँदा दुुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै डेढ करोड रुपियाँले बढी हो ।

अघिल्लो कारोबार दिन २२८ कम्पनीहरुको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिदबिक्री हुुँदा एक अर्ब ४३ लाख १४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार नौ करोड ९५ लाख २० हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर शिवम् सिमेन्ट्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा पुुगेको छ । हिमालयन डिष्टिलरीको करिब आठ करोड रुपियाँको सेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको करिब छ करोडको सेयर कारोबार भएको छ ।

बिहीबार नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि नौ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यता दिन बरुण हाइड्रोपावर, गुराँस लघुवित्तको सेयरमूल्य भने ओरालो लागेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूूचक उकालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशतले उकालो लागेको छ । विकास बैंक र वित्त उपसमूहको परिसूचक छ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।


SHARE THIS