डोल्पाको दुनै बजारमा ग्लोबल आइएमईको नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशमा डोल्पाको दुनै बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुनैमा नयाँ शाखा स्थापनासँगै बैंकको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको दाबी गरेको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।


SHARE THIS