टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा

ललितपुर । ललितपुरको टिकाथलीमा ज्योति विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखाको महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।


SHARE THIS