घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपियाँले घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्दै मूल्य घटाएको छ। सिंहदरबारमा शनिबार पत्रकार सम्मलेन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले कर कटौती गर्दै पेट्रोलियम मूल्य घटाइएको घोषणा गर्नुभयो ।

डिजेलमा २८ रुपियाँ र पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको उहाँले जानकारी दिनुभयो। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपियाँ पर्ने भएको छ। तर यो मूल्यमा बिक्री वितरण हुन्छ भनेर नेपाल आयल निगमले सूची जारी गरी घोषणा गर्न बाँकी छ।

सरकारको घोषणापछि निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने भएको छ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपियाँ छ। इन्धनको मूल्य लगातार उच्च हुँदै गए पनि करका दरमा हेरफेर नगर्दा सरकारको आलोचना भइरहेको थियो।


SHARE THIS