लामो समयपछि लगानीकर्ताको मुहारमा खुशी, अन्तिम दिनको सेयर बजारमा ९५ अंकको सुधार, कारोबारमा पनि उच्च सुधार

काठमाडौं । सेयर बजारमा लामो समयपछि लगानीकर्ताको मुहारमा खुशी देखिएको छ । अघिल्लो साता सुधारको बाटो लिएर बन्द भएको सेयर बजारमा यो साताको पहिलो दिन ९५ अंकको स्ुधार आएको हो । आइतबार कारोबार रकममा पनि उच्च सुधार आएको छ ।

शुक्रबार पनि अघिल्ला दिन जस्तै कारोबारको सुरुवात गिरावटबाट भएपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताकाबीच सहमति भएसँगै नेप्सेले बढोत्तरीको लाइन समाएको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ९४.९२ अंकले सुधारिएर १९५६.९८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १७.९३ अंकले उकालो लागेर ३८२.८४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा आइतबारको नेप्से ५.१० प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ४.९१ प्रतिशतले उकालो लागेको छ ।

लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारले साताको अन्तिम दिन भने सुधारको बाटोमा लागेर बन्द भएको थियो ।

शुक्रबार पनि अघिल्ला दिन जस्तै कारोबारको सुरुवात गिरावटबाट भएपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताकाबीच सहमति भएसँगै नेप्सेले बढोत्तरीको लाइन समाएको थियो ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १३.७८ अंकले उकालो लागेर १८६२.०६ को विन्दुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि २.८१ अंकले उकालो लागेर ३६४.९० को विन्दुुमा पुुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.७५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.७८ प्रतिशतले उकालो लागेको थियो ।

आइतबार दिनभर २३० कम्पनीहरुको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर ४४ हजार ३४१ पटक खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब चार करोड रुपियाँले बढी हो ।

शुक्रबार दिनभर २२३ कम्पनीहरुको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर २२ हजार ८७४ पटक खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार आठ करोड ६४ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कुमारी बैंक कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको आठ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नबिल बैंकको पनि छ करोड ७६ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको पहिलो दिन विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ । कारोबारमा आएका वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।


SHARE THIS