दैनिक नयाँ रेकर्ड बनाउँदै डलरको मूल्य, कमजोर बन्दै नेपाली रुपियाँ

काठमाडौं । निरन्तर उचाइ लिएको डलरको मूल्यले शुक्रबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । दैनिक नयाँ रेकर्ड बनाइरहेको डलरको मूल्यले शुक्रबार १२४ रुपियाँ ६७ पैसामा पुगेर फेरी नयाँ रेकर्ड बनाएको हो ।

अघिल्लो दिनभन्दा शुक्रबार डलरको मूल्य २३ पैसाले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकक अनुसार बुधबार अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ ६७ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपियाँ ४४ पैसा थियो ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको मूल्य उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपियाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपियाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपियाँ समेत कमजोर भएको हो ।

पछिल्लो केहि दिन यता डलरको मूल्य लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपियाँ कमजोर बन्दै गएको छ । नेपालीले एक डलर साट्नको लागि १२४ रुपियाँ ६७ पैसा खर्च गर्नु पर्ने भएको छ ।

डलरको मूल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ । अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाब पर्ने भएको छ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको मूल्य १२४ रुपियाँ ४१ पैसा पुगेको छ। जुन अहिलेसम्मकै उच्च दर हो ।

यसअघि गत वैशाख २७ गते डलरको मूल्य हालसम्मकै उच्च १२४ रुपियाँ २५ पैसा पुगेको थियो । बुधबार पुरानो रेकर्डलाई तोड्दै डरलको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपियाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपियाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपियाँ समेत कमजोर भएको हो ।

पछिल्लो केहि दिन यता डलरको मूल्य लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपियाँ कमजोर बन्दै गएको छ । नेपालीले एक डलर साट्नको लागि १२४ रुपियाँ ४१ पैसा खर्च गर्नुपर्ने भएको छ ।

डलरको मूल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ । अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाब पर्ने भएको छ ।

नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको मूल्य बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ। यसले गर्दा ती वस्तुहरुको मूल्य  महँगिनेछ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।


SHARE THIS