महाविपत्ती बोण्ड जारी गरिने, बीमा गर्दा ४० हजार रूपियाँ आयकर छुट

काठमाडौं । बजेटमार्फत सरकारले बीमा महाविपत्ती बोण्ड जारी गर्ने भएको छ । बीमा समितिको सुझाव अनुसार कोरोना बीमाको भुक्तानी गर्न यस्तो बोण्ड जारी गर्न लागिएको हो ।

यस्तै सरकारले बजेटमार्फत एक घर एक बीमा योजना सञ्चालन गर्ने घोषणा गरेको छ ।  आगामी आवभित्रै गरिब समुदाय तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघु बीमा कम्पनीहरु ल्याइने पनि बजेटमा उल्लेख छ ।

यस्तै उनले बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरे ।

बीमा गर्दा ४० हजार रूपियाँ आयकर छुट

सरकारले जीवन बीमा गर्दा ४० हजार रुपियाँसम्म आयकर छुट प्रदान गर्ने भएको छ ।  बजेटमार्फत सो व्यवस्था गर्न लागेको हो ।

हाल सरकारले जीवन बीमा गर्ने नागरिकहरुको आयकर बापत बुझाउनुपर्ने रकममा प्रत्येक वर्ष २५ हजार रूपियाँसम्म कर छुट दिँदै आएको थियो छ ।

बीमा समितिले आगामी आर्थिक वर्षको बजेटले त्यसको सीमा बढाएर एक लाख रूपियाँ कायम गर्नुपर्ने माग गरेको थियो । तर सरकारले जीवन बीमा गर्दा ४० हजार रुपियाँसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।

बीमितलाई आयकर छुट दिँदा जीवन बीमा गर्नका लागि प्रोत्साहन प्रदान हुने र बचतमा प्रोत्साहन हुने भएको छ ।


SHARE THIS