सहुलियतपूर्ण कर्जामा थप अनुदान, लघुवित्त कोष स्थापना गरिने

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा निरन्तरता दिँदै थप एक प्रतिशत ब्याज अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले सहुलियत कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।

वाणिज्य बैंकको एउटा शाखाले कम्तिमा कृषिका पाँच योजनामा लगानी गर्नुपर्ने भएको छ ।

वित्तीय साक्षता अभिबृद्धिको लागि बैंक तथा वित्तीय संस्थाहरुमार्फत कार्यक्रम गरिने र विद्यालयहरुको पाठ्यक्रममै वित्तीय साक्षरता सम्बन्धि विषयवस्तु समावेश गरिने बजेटमा उल्लेख छ ।

लघुवित्त कोष स्थापना गरिने

किसानहरूलाई आवश्यक पर्ने कृषि कर्जा घरदैलोमै उपलब्ध गराउन पाँच खर्ब रुपियाँ बराबरको कर्जा प्रवाह गर्न एउटा लघुवित्त कोष स्थापना गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि सात अर्ब चार करोड रुपियाँ विनियोजन भएको छ ।

यसमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विपन्न वर्ग तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा बापतको रकम लगानी गर्नुपर्ने बजेटमा उल्लेख छ । यसमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्ष कोषको समेत निश्चित रकम लगानी गर्नुपर्ने भएको छ ।


SHARE THIS