स्थगित भयो सोमबारको सेयर कारोबार, ब्रोकरको डाटा सेन्टरमा समस्या देखियो

काठमाडौं । ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि सोमबारको सेयर कारोबार स्थगित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबारको सेयर कारोबार बन्द भएको जनाएको हो । करिब दुई घण्टा मात्रै खुलेपछि रोकिएको बजार सोमबारको लागि बन्द भएको हो ।

ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि १२:५३ बजेदेखि कारोबार स्थगित भएको थियो । ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समधान नभएपछि नेप्सेले सोमबारको लागि कारोबार बन्द गरेको नेप्सेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेप्सेले ब्रोकर डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समधान भएपछि पुन: कारोबार सूचारु गर्ने जनाएपनि कारोबार अवधिभर समस्या समाधान भएन ।

सोमबार १२ बजेर ५३ मिनेटसम्म मात्रै खुलेको बजारमा नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले ओरालो लागेर ५०९.८५ का विन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से ०.०१ प्रतिशतले उकालो लागेको छ भने र सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले ओरालो लागेको छ ।

करिब दुई घण्टामा मात्रै खुलेको बजारमा २२० कम्पनीहरुको २३ लाख ४९ हजार १० कित्ता सेयर खरिदबिक्री भएर एक अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपियाँ बराबरको सेयर कारोबार भएको हो ।


SHARE THIS