नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन फागुन २६ गते हुँदै

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ । कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो ।

यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीनवर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने महासंघले जनाएको छ ।
महासंघको अहिलसम्म बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको अधिवेशन सम्पन्न भइसकेको र १ नं. प्रदेशको अधिवेशन २०७८ फागुन १५ गते हुँदैछ ।
महासंघको केन्द्रीय महाधिवेशनमा प्रदेश संघ, जिल्ला संघ, बस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय उर्जाका प्रतिनिधिहरु सहभागी हुनेछन भने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा प्रदेश र जिल्ला महिला उद्यमी समितिका महिला प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसैगरी महासंघको विधान बमोजिम वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जा प्रत्येकका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्र मार्फत मतदान प्रक्रिया अवलम्बन गरिनेछ ।
विधान अनुसार महासंघको केन्द्रीय कार्यसमिति ९७ जनाको र केन्द्रीय महिला उद्यमी समितिको कार्यसमिति ५५ जनाको हुनेछ ।

SHARE THIS