बढ्दो मुद्रास्फीति र ब्याजदर बृद्धिले आर्थिक सुधारमा थप चुनौती : विश्व बैंक

काठमाण्डौं । विश्व बैंकले कोभिड(१९ ले सिर्जना गरेको जनस्वास्थ्य सङ्कटले शताब्दी यताकै ठूलो विश्वव्यापी आर्थिक सङ्कट निम्त्याएको बताएको छ ।

विश्व बैंक समूहले वार्षिक रुपमा प्रकाशन गर्ने विश्व विकास प्रतिवेदनको सन् २०२२ संस्करण प्रकाशित गर्दै महामारीका कारण आर्थिक बृद्धिमा ठूलो क्षति पुगेको तथा गरिबी र आर्थिक असमानता पनि बढेको उल्लेख गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको फाइनान्स फर एन इक्टिेवल रिकर्भरी अर्थात् समतामूलक आर्थिक पुर्नस्थापनामा वित्तको भूमिका नामक प्रतिवेदन अनुसार विकासोन्मुख देशहरूमा कोभिडले पैदा गरेको संकट र गैर(पारदर्शी ऋणले सिर्जना गरेको वित्तीय कमजोरीबाट आर्थिक जोखिमहरु बृद्धि भएको पाइएको छ ।

त्यसका साथै बढ्दो मुद्रास्फीति र ब्याजदर बृद्धिले आर्थिक सुधारमा थप चुनौतीहरू खडा गरेकोले विकासशील देशहरूले स्वस्थ वित्तीय क्षेत्र निर्माण गर्न तर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताइएको छ ।

विकासोन्मुख देशहरूमा कोभिडले पैदा गरेको संकट र गैर–पारदर्र्शी ऋणले सिर्जना गरेको वित्तीय कमजोरीबाट आर्थिक जोखिमहरु बृद्धि भएको पाइएको छ । त्यसका साथै बढ्दो मुद्रास्फीति र ब्याजदर बृद्धिले आर्थिक सुधारमा थप चुनौतीहरू खडा गरेकोले विकासशील देशहरूले स्वस्थ वित्तीय क्षेत्र निर्माण गर्न तर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताइएको छ ।

कोभिड–१९ले सिर्जना गरेको विश्वव्यापी जनस्वास्थ्य सङ्कटले शताब्दी यताकै ठूलो विश्वव्यापी आर्थिक सङ्कट निम्त्याएको छ । महामारीका कारण आर्थिक वृद्धिमा ठूलो क्षति पुगेको छ भने गरिबी र आर्थिक असमानता पनि बढेको पाइएको छ । यसको प्रतिक्रियामा देशहरूले आपत्कालीन कोभिड स्टीमुलसहरू प्रारम्भ गरेका थिए । जसले व्यापत सामाजिक–आर्थिक प्रभावहरूलाई कम गर्न मद्दत गर्यो, र सोभरेन लोनको सङ्ख्या बढेको छ । देशहरुको यस प्रतिक्रियाले निजी ऋणका साथमा धेरै चुनौतिहरू पनि उजागर गरेको छ जसलाई सम्बोधन गर्न अत्यावश्यक भएको छ । निष्क्रिय कर्जामा देखिएको पारदर्शिताको कमी, संकटग्रस्त सम्पत्तिहरूको सुस्त व्यवस्थापन, कमजोर घरपरिवार र व्यवसायहरू ऋणको पहुँचबाट टाढा रहनुले असमानता मात्र नभई गम्भीर आर्थिक समस्या उत्पन्न गर्ने रिर्पोटले जनाएको छ ।

वित्तीय कमजोरीका कारण मुद्रास्फीति र उच्च ब्याजदरको आर्थिक संकट फैलिने जोखिम छ । कठीन विश्वव्यापी वित्तीय अवस्था र विकासोन्मुख देशहरूमा निजी लगानीलाई भन्दा धेरै घरेलु लगानीमा मानिसहरुको आकर्षण बढ्दा आर्थिक रिकभरीलाई कम गरिरहेको छ भन्ने जानकारी विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले दिएका छन् । यस समस्यालाई समाधान गर्न कर्जामा फराकिलो पहुँच र वृद्धि उन्मुख पूँजी विनियोजन तर्फ काम गर्नु महत्वपूर्ण छ । यसले साना तथा गतिशील फर्महरू र उच्च वृद्धि सम्भावना भएका क्षेत्रहमा लगानी गर्न र रोजगारी सिर्जना गर्न सक्षम बनाउँछ भन्ने सुझाव दिएका छन् ।

विश्व विकास प्रतिवेदन–२०२२ मा कोभिड–१९ महामारीले विध्वंश पारेको अर्थतन्त्रलाई उकास्न वित्तको भूमिका कस्तो रहन्छ भन्ने व्याख्या गरिएको छ । जस अन्तर्गत विभिन्न विकासोन्मुख, विकासशील तथा विकसित राष्ट्रहरुको आर्थिक अवस्थाको अध्ययन गरिएको छ ।


SHARE THIS