काठमाडौं । आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।
महासंघको
राजधानीमा बसेको केन्द्रिय कार्यसमितिको ११ औं बैठकले आगाामी जेठ २४, २५ र
२६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने
निर्णय गरेको हो ।
बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै
जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी
तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।
बैंठकमा महासंघका
महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष
सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
विगतमा
भएका केन्द्रिय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र
कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।
महाधिवेशनका
लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको
थियो । महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघसँग एकिकरणका सन्दर्भमा
प्रक्रिया अगाडि बढाएको छ ।
परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र
विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको
छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक
गैरसरकारी संस्था हो ।
बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग
एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष
श्यामप्रसाद गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।
बैठकमा महासंघका
अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष
उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतले बोल्नुभएको थियो ।
बैठकले
महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै
संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित
विधान पारित गर्ने निणय समेत गरिएको छ ।