आयातका लागि कर्जा जान थालेपछि लगानीयोग्य रकम अभाव भयो : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आत्मनिर्भता भन्दा पनि आयातका लागि कर्जा जान थालेपछि बजारमा लगानीयोग्य रकम अभाव हुन थालेको बताउनुुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार राजधानीमा आयोजना गरेको ‘गहिरँदो तरलता अभाव: कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशी उत्पादनमा माग भएको कर्जा विभिन्न घुुम्दै आयातमा गएकाले तरलतामा असर गरेको बताउनुुभयो ।

स्रोतबिनाको लगानी बढ्दा मिसम्याच भएको भन्दै उहाँले बैंकिङ प्रणालीमा घाँटी हेरेर हाड ननिल्दा तरलताको समस्या आएको बताउनुुभयो । लकडाउनपछि रिकभरीको स्पिड धेरै भएको र कर्जाको माग निकै बढेर जाँदा तरलता अभावको अवस्था आएको उहाँको भनाई थियो ।

गत आवको अहिलेकै अवधिमा कर्जा प्रवाह निकै कम रहेको जानकारी दिंदै उहाँले भन्नुुभयो – ‘चालु आवमा कर्जा प्रवाह निकै बढेकाले तरलता अभाव भएको छ । २०७७ को अवधिभरमा निक्षेप संकलन राम्रो भएको थियो । तर लकडाउन खुलेयता कर्जा प्रवाह निकै बढेकाले तरलता समस्या भयो ।’

गत आवमा मौद्रिक नीति ल्याउँदा कसरी व्यवसायीलाई व्यवसायमा फर्काउने, अर्थतन्त्रलाई कसरी रिकभर गर्ने भन्नेमा केन्द्रित रहेर व्यवसायको मनोबल बढाइएको भन्दै गर्भनर अधिकारीले रिफाइनान्समा भएको सीमित स्रोतलाई पाँच गुणा बनाइएको बताउनुुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जा प्रवाह अत्याधिक भएकोले अब सोच्नुपर्ने बेला आएको बताउनुुभयो । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ४७ अर्ब कर्जा प्रवाह भएको र निक्षेप ७० अर्ब रुपैयाँ मात्रै भएको बताउँदै यसलाई व्यवस्थित बनाउनुपर्ने भनाई उहाँको थियो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा निक्षेप संकलमा कमी हुँदै गएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव भएको अध्याक्ष दाहालले बताउनुुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ प्रणालीमा तरलता अभावका कारण ४५ लाख सेयर लगानीकर्ता प्रभावित भएको बताउनुुभयो ।

तरलता अभावले उत्पादन र उपभोग घटाउने र सेयर बजारमा पनि असर पर्ने भन्दै यसले ४५ लाख सेयर लगानिकर्ता समेत प्रभावित भएको उहाँले बताउनुुभयो ।

पर्यटन, साना तथा मझौला उद्योगमा असर परेको भन्दै उहाँले हाल बैंकिङ प्रणालीमा २० अर्ब तरलता रहेको बताउनुुभयो ।


SHARE THIS