सिद्घार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा विरेन्द्र वैदवार नियुक्त

काठमाडौं । सिद्घार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: विरेन्द्र वैदवार क्षेत्री चार वर्षको लागि नियुक्त हुनुभएकोे छ ।

कम्पनी सञ्चालक समितिले वैदवारलाई चार वर्षको लागि पुन: प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सिद्घार्थ इन्स्योरेन्समै वरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हँुदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी पुरा गरेका वैदवारलाई दोस्रो कार्यकाल चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआईआई उपाधि हासिल गरेका क्षेत्रीले अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दख्खल राख्नुहुन्छ ।


SHARE THIS