मर्जर/प्राप्ति प्रक्रियाले १७१ बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज, ५८ संस्था कायम

काठमाडौं । गत असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर १७१ संस्थाहरुको इजाजत खारेज भएको छ ।

मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको संख्या ५८ संस्था कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएको थियो ।


SHARE THIS