१० दिनका लागि थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस अघिका प्राय सबै निर्णयहरुलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरेको हो । त्यस अनुसार उपत्यकामा अझै सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा गर्न पाउनेछैन । यस्तै शैक्षिक संस्था पनि बन्द नै रहनेछन् । विभिन्न निकायबाट सञ्चालन हुने परीक्षाहरु भने स्वास्थ्य  मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउनेछन् ।


SHARE THIS