निषेधाज्ञाकै बीचमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२५ रूपियाँ

काठमाडौं । निषेधाज्ञाकै बीचमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य बृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ बृद्धि गरेको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ पनि प्रतिलिटर दुई रुपियाँ बृद्धि  भएको छ ।

निगमका अनुसार मूल्य बृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपियाँ पुगेको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको निगमको भनाई छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको मूल्य कायम हुने निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमको दाबी छ ।


SHARE THIS