बीमा कम्पनीहरुले संस्थागत बीमा अभिकर्ता राख्न पाउने, बैंक तथा वित्तीय संस्था, सहकारी, क्लब र समुहलाई पनि बाटो खुल्यो

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा ऐन २०४९ को दफ ८ ले दिएको अधिकार प्रयोग गर्दे निर्देशिका जारी गरेको छ ।

समितिले बीमा वितरण प्रणालीको महत्वपूर्ण हिस्साको रुपमा रहेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी व्यवस्था गरी बीमा व्यवस्थालाई प्रवद्र्धन गर्न थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरेको जनाएको छ ।

अब बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले बुधबार  एक संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो ।

समितिले बीमा ऐन २०४९ को दफ ८ ले दिएको अधिकार प्रयोग गर्दे संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गरेको हो । बीमाको दायरा व्यापक बनाउनको लागि संस्थागत अभिकर्ताले पनि काम गर्न पाउने व्यवस्था गरिएको समितिले जनाएको छ ।

अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था भएकोले समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो ।

संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था ऐनमा नै छ, यसलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको हो, अब सो एनेको अधिनमा रहेर बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता राख्न पाउने भएका छन् ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि सञ्चालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्ने भनिएको छ । यस्तै, अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

संस्थागत अभिकर्ताले बीमितसँग बीमा शुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फाराम भर्न सहयोग गर्ने, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्ने, बिमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउने लगायतका काम गर्न पाउने अधिकार दिइएको छ । विद्युतीय प्रणाली मार्फत कारोबार गर्नको लागि सम्बन्धित निकायबाट इजाजत लिएको हुनुपर्नेछ ।

समितिले जारी गरेको नयाँ निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, विभिन्न प्रकारका क्लब तथा समुहहरु लगायतले पनि संस्थागत बीमा अभिकर्ता भएर काम गर्न पाउने छन् ।


SHARE THIS