चलचित्रलगायत कोरोना प्रभावित उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट



काठमाडौं । कोरोना संक्रमणयता प्रभावित बनेका चलचित्र क्षेत्रलगायतका उद्योगलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिइने भएको छ।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र उद्योगलगायतका  क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताउनुभयो ।

चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन भने उक्त उद्योगहरू स्वत नविकरण हुनेछन् ।


SHARE THIS