एक सय रुपियाँबाट सुरु भएको बृद्धभत्ता पुग्यो चार हजार



काठमाडौं । सत्तरी वर्ष माथिका सबै जेष्ठ नागरिकले अब मासिक चार हजार रुपियाँ बृद्धभत्तावापत पाउने भएका छन् । यसअघि तीन हजार रुपियाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुने भएका छन् । हरेक सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशतले बृद्धि गरिएको हो ।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री कार्यलयबाट अध्यादेश मार्फत सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८÷८९ को बजेट भाषणमा ३३ प्रतिशत बृद्धभत्ता बढेको घोषणा गरिएको हो ।

लामो समयदेखि सामाजिक सुरक्षा भत्ता बृद्धिको माग हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एक सय रुपियाँबाट सुरु गरेको बृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् ।


SHARE THIS