बेलायतस्थित अल्डरसट विलिङटन वार्डको काउन्सिलरमा जीव बेल्बासे निर्वाचित

लन्डन वैशाख २४ । बेलायतको अल्डरसट विलिङटन वार्डमा कन्जरभेटिभ पार्टीका उम्मेदवार एवं समाजसेवी जीव बेल्वासे काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बेलुकी सार्वजनिक परिणाम अनुसार बेल्वासे ५८७ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ४०२ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासीले ८१ मत मात्रै प्राप्त गर्नुभयो ।

निर्वाचन कमिटीका अनुसार बेल्बासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १०७९ मत खसेको थियो भने उहाँ निर्वाचित भएको वडामा यसअघि पनि कन्जरभेटिभ पार्टीका तर्फबाट नेपाली समुदायका प्रवेश केसी काउन्सिलर हुनुहुन्थ्यो ।

काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसँग नजिक रहेर काम गर्दै आउनुभएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा जन्मेका बेल्बासे सन् २००१ देखि बेलायत बसाई शुरु गर्नुभएको थियो । त्यसअघि नेपालमा नेपाल प्रहरीमा अधिकृतको जागिरे बेल्बासे बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) मा (२००५) मा आबद्ध भएर तीन कार्यकाल काम गरिसक्नुभएको छ । एनआरएनए यूकेमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएका उहाँ बेलायतवासी नेपालीहरुको साझा संस्था ग्रेटर रसमोर नेपाली कम्युनिटीमा पनि २००३ देखि नै आबद्ध हुनुहुन्थ्यो ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष समेत रहनुभएका बेल्बासेले स्थानीय समुदायमा पु¥याएको योगदानको कदरस्वरुप बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसक्नुभएको छ ।


SHARE THIS