सहकारीले एटीएम, मोबाइल बैंकिङ लगायत प्रविधि प्रयोग गर्न कठिनाइ छैन : राष्ट्र बैंक

काठमाडौं । सहकारीलाई प्रविधि प्रयोग गर्न कुनै समस्या नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहकारीलाई प्रविधि प्रयोगमा कुनै रोकावट नभएको बताउनुभयो । सहकारीले एटीएम, मोबाइल बैंकिङ लगायत प्रविधि प्रयोग गर्न कठिनाइ नभएको भन्दै समन्वय चाहिएमा राष्ट्र बैंक समन्वय गर्न तयार भएको उहाँले बताउनुभयो ।

एफ वन कम्पनीसँग मिलेर सहकारीले कारोबार गरिरहेको बताउँदै ढकालले भन्नुभयो,‘ भोलि राष्ट्र बैंकले कलेक्टिभ सहजीकरण गर्न सक्छ ।’ प्रविधि प्रयोगमा सहकारी कन्फ्युजन हुन आवश्यक नभएको उहाँले बताउनुभयो । सहकारीलाई डिजिटल पेमेन्टमा समावेश गर्न राष्ट्रबैंकले सहयोग गर्ने उहाँले बताउनुभयो । ‘यस बाहेक बाँकी विषय सबै सहकारी विभागले नै हेर्ने हो’ उहाँले भन्नुभयो ।

भुक्तानी फच्र्छौट ऐन र नियमाबली तत्काल संशोधन गर्न नसकिने भन्दै तत्कालका लागि सहकारी विभागले कार्यविधि बनाएर काम गर्न सक्ने उहाँले बताउनुभयो ।

‘विभागसँग समन्वय गरेर नियमन, सुपरीवेक्षण र प्रविधि तयार गर्न राष्ट्र बैंक तयार छ ।’ उहाँले भन्नुभयो । राष्ट्र बैंक, बाफिया ऐनका कारण राष्ट्र बैंकले सहकारीको नियमन गर्न नसक्ने उनले बताउनुभयो । ‘सहकारीलाई नियमनको दायरामा राख्न कानुनी र जनशक्ति अभाव छ’ उहाँले भन्नुभयो, ‘विभागले राष्ट्र बैंकको समन्वय चाहिए उपलब्ध गराउँछौं ।’

नेपाल क्लियिरिङ हाउसले राष्ट्रिय सहकारी बैंकलाई भुक्तानी फच्र्छौैट प्रणालीमा सामेल गर्न सक्ने ढकालले बताउनुभयो । ‘त्यसका लागि राष्ट्रबैंकको भूमिका चाहिदैँन’ उहाँले भन्नुभयो ।

सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले सहकारीलाई प्रविधिमैत्री बनाउन छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने विभागको योजना रहेको बताउनुभयो ।

पेमेन्ट सिष्टम मात्र होइन रेकर्डिङ र रिर्पोटिङ सिष्टम पनि  प्रविधिमैत्री बनाउने उहाँले बताउनुभयो । ‘कोपोमिसबाटै नै सबै कुरा हुन्छ’ उहाँले भन्नुभयो, ‘अब सहकारीले चार खाताको ढड्डा पल्टाएर हुँदैन, प्रविधिमा जानैपर्छ ।’

क्युआरकोड, एटीएमका लागि अहिलेसम्म कोही अनुमति माग्न नआएको भन्दै पौडेलले विभागले अनुमति दिनुनपर्ने बताउनुभयो । उहाँले अन्तर सहकारी कारोबार कार्यविधि अघि बढाएको र मन्त्रालयबाट स्वीकृति भएपछि कार्यान्यन हुने बताउनुभयो ।

विद्युतीय कारोबारलाई विभागले रोक्न नसक्ने उनले बताए । तर साइबर सेक्युरिटीमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।

ठूला बैंक पनि साइबर समस्यामा रहेको भन्दै सहकारीमा पनि समस्या आउन सक्ने भन्दै सम्बन्धीत प्रयोगकर्ता सहकारी नै सजग हुनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रविधिमा सहकारीलाई जोड्न खोजिएको बताउनुभयो । ‘गाइडलाइनको अन्तिम चरणमा छौं’ उहाँले भन्नुभयो, ‘वित्तीयका साथै उत्पादन र बजारीकरणमा पनि प्रविधि भित्र्याउँछौं ।’

सहकारीलाई प्रविधिमैत्री आवश्यक भएको भन्दै कँडेलले क्यासलेस, चेक लेस हुँदै डिजिटल कारोबार बढ्ने क्रममा रहेको बताउनुभयो । ‘प्रविधि प्रयोग गर्दा समस्या नआयोस् भन्नेतर्फ सजग हुनुपर्ने छ ।’ उहाँले भन्नुभयो । सहकारीमार्फत १० खर्बको कारोबार हुने गरेपनि पिएसओ, पिएसपीमा जोडिन नपाएकोमा गुनासो गर्नुभयो ।

‘राष्ट्र बैंक ऐनमा सहकारी समावेश गराउन लबिङमा छौं ।’ उहाँले भन्नुभयो, ‘पूर्णरुपमा डिजिटाइजेसनमा जान बाटो खोल्न आग्रह गरेका छौं ।’

सहकारीमार्फत प्रविधिमा जान बाटो खोल्नुपर्छ भनेर आवाज उठाएपनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । ‘सहकारी विभागले नै विंग्स बनाएर भएपनि बाटो खोल्नुपर्छ । रोक्न सक्ने अवस्थै छैन ।’ उहाँले भन्नुभयो, ‘भुक्तानी प्रणालीमा सहकारीलाई जोड्न भुक्तानी फच्र्र्छाैट ऐन नै संशोधन गर्नुपर्ने अवस्था छ ।’

डिजिटाइजेसनमा जाँदा सहकारीको कारोबार पारदर्शी हुने भएकाले त्यसतर्फ विभागले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

इन्फो डेभलपरका कार्यकारी निर्देशक प्रभिन सुवेदीले १९ वर्षदेखि सहकारीलाई प्रविधि दिन काम गरिरहेको बताउनुभयो  । ‘पछिल्लो समयमा प्रविधिको प्रयोग बढेको छ । पहिला ब्याज क्याप गर्नलाई मात्र प्रयोग हुन्थ्यो भने अहिले कोर बैंकिङ सफ्टवेयर प्रयोग नगर्ने कमै छन् ।’

सहकारीमा पहिलो एटीएम प्रयोग गरेको उहाँले सुनाउनुभयो । मोबाइल बैंकिङ र ट्याब बैंकिङ प्रभावकारी बन्दै गएको उहाँको भनाई छ । ‘बैंकबाट सहकारी र सहकारीबाट बैंकमा पैसा पठाउन सकिने, रेमिट्यान्स सेवा पनि दिएका छौं ।’ उहाँले भन्नुभयो ।

ग्रामीण क्षेत्रमा प्रविधि प्रयोग बढाउँदै विदेशबाट पठाएको रेमिट्यान्स सिधैं सहकारीमा आउन सक्ने व्यवस्था मिलाइएको उनले बताए । 

‘हामी पिएसी, पिएसओ पनि होइन । सिष्टम इन्टिग्रेटेड गर्छौ । बैंकिङ सफ्टवेयर दिन्छौ., मोबाइल बैंकिङ दिन्छौं ।’ उहाँले भन्नुभयो, ‘यसले इसेवा, खल्तीको जस्तो काम गर्न सक्छ । पिएसीसँग इन्टिग्रेटेड गरेका छौं ।’

सहकारीलाई समस्या आउन सक्नेतर्फ संकेत गर्दै उहाँले  नियमक निकाय अघि बढ्नुपर्ने बताउनुभयो । ‘सहकारीले किन प्रविधि प्रयोग गर्न नहुने ? नियमक निकायले विशेष ध्यान दिनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘कसैले केही गर्छ कि भन्ने डर छ सहकारीमा ।’

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले भुक्तानी फच्र्छौैट ऐन संशोधन गरी चेक क्लियरेन्सको सेवा दिनुपर्ने बताउनुभयो । सहकारीलाई सम्पूर्ण अनलाइन सेवा सहकारी बैंकमार्फत दिन सकिने उनको भनाइ छ । सहकारी विभागबाटै विंग्ग बनाएर सेवा दिन सकिने उहाँले बताउनुभयो  । सहकारीले फण्ड ट्रान्सफर सेवा पाउनुपर्ने उहाँको भनाइ छ ।

फण्ड ट्रान्सफर मात्र डिजिटल नभएको भन्दै गुरागाईले धेरै सहकारीले अफिस आवर मात्र नभई सदस्यको आवश्यकताअनुसार सेवा दिनुपर्ने बताउनुभयो ।

सहकारीले सर्भिस दिन नसक्दा अरु क्षेत्रमा पैसा गएको भन्दै उहाँले साइबर सेक्युरिटी चुनौती सामाना गर्दै इको सिष्टमअनुसार चल्नुपर्ने बताउनुभयो । सफ्टवेयर प्रयोगकर्ताले एपिआई सेवा दिनुपर्ने उहाँको भनाई थियो ।


SHARE THIS