सञ्चालनमा आयो चोभारको होप्पी ल्यान्ड

काठमाडौं । चोभारमा रहेको होप्पी ल्यान्ड सञ्चालनमा आएको छ । साना साना केटाकेटीदेखि लिएर बृृद्धबृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको होप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो ।

होप्पी ल्यान्ड शनिबारदेखि क्षमताको २५ प्रतिशतका हिसाबले सञ्चालनमा आएको जनाइएको छ । एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि होप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्धनिर्देशक सुदन बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो — ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्ने लगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं ।’

पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्था पनि गरिएको छ ।


SHARE THIS