साढे १० अर्बको कारोबार र २५ माथि लागेको परिसूचकले कायम ग-यो सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । साढे १० अर्ब रुपियाँको कारोबार र २५ सय माथि लागेको परिसूचकले कायम ग¥यो सेयर बजारमा नयाँ रेकर्ड । साताको पहिलो दिन सेयर बजारले कारोबारसहित परिसूचकमा पनि ऐतिहासिक रेकर्ड ब्रेक गरेको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूूचक झण्डै ५० अंकले उकालो लाग्दा २५२४ अंकको विन्दुमा पुुगेर अडिएको छ भने कारोबार रकमले पनि १० अर्ब ४४ करोड रूपियाँ नाघेको छ ।

पहिलो दिन नेप्से परिसूूचक ४८.७४ अंकले उकालो लागेर २५२४ अंकमा पुुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ५.३० अंकले उकालो लागेर ४५९.३२ को विन्दुमा पुुगेर अडिएको छ । समग्रमा आइतबारको नेप्से १.९७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले उकालो लागेको छ । यस अघि नेप्से गत बिहीबार अर्थात माघ २२ गते २४७५.२६ विन्दुमा पुुगेको थियो ।

आमहडताल घोषणा भएको दिन निराश बनेका लगानीकर्ता सह्मालिएपछि साताको अन्तिम दिनको सेयर बजार उकालो लागेको थियो । निरन्तर सुधारको बाटोमा रहेको सेयर बजारमा आमहड्तालको असर पर्नसक्ने विश्लेषण गरिए पनि त्यसको विपरीत विहीबारको सेयर बजारमा हरियाली छाएको थियो  ।

बिहीबार नेप्से ८.३४ अंकले उकालो लागेर २४७५.२६ अंकको विन्दुमा पुगेर अडिएको थियो भने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले उकालो लागेर ४५४.०२ अंकको विन्दुमा पुगेर अडिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.३४ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स भने ०.३७ प्रतिशतले उकालो लागेको थियो ।

आइतबार दिनभर २०२ कम्पनीहरूको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर ८७ हजार ६७० पटक खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रूपियाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा दुुई अर्ब ८३ करोडले बढी यो रकम अहिलेसम्मकै उच्च रकम हो । यसअघि माघ १५ गते बिहीबार एकैदिन आठ अर्ब ८९ करोड बढीको शेयर कारोबार भएको थियो ।

अन्तिम दिनभर २०१ कम्पनीको एक करोड ८७ लाख १९ हजार ३८७ कित्ता सेयर ७२ हजार १६९ पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार लगानीकर्ताको लघुवित्तमा उच्च आकर्षण देखिएको छ । कुल १२ उपसमूहको कारोबार भएको पहिलो दिनको बजारमा बैंकिङ, विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै उपसमुहको सूचक उकालो लागेको छ । लघुवित्त उपसमूहको उपसूचक सर्वाधिक ७.७६ प्रतिशतले उकालो लागेको पहिलो दिन जीवन बीमा ३.१६, अन्य २.६६, उत्पादन तथा प्रशोधन ०.६८, निर्जीवन बीमा ३.७६, फाइनान्स १.४५, हाइड्रोपावर ३.०२, होटल १.३४, व्यापार २.७२ प्रतिशतले उकालो लागेको छ । यता म्युचॐल फण्ड सर्वाधिक ०.३१ प्रतिशतले ओरालो लागेको आइतबार बैंकिङ उपसमूह ०.२२ र विकास बैंक ०.०१ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार दिनभर कारोबारमा आएका १२ वटा उपसमूहमध्ये छ वटा उपसमूहको सूचक ओरालो लागेको थियो भने बाँकी छ वटा उपसमूहको सूचक उकालो लागेको थियो । सर्वाधिक व्यापार उपसमूहको उपसूचक ४.५१ प्रतिशतले उकालो लागेको अन्तिम दिन माइक्रो फाइनान्स ३.५२, हाइड्रो पावर १.९२, निर्जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.३९ र अन्य ०.०८ प्रतिशले उकालो लागेको छ । यता बैंकिङ ०.४३, होटल ०.९९, विकास बैंक ०.२५, फाइनान्स ०.९८, जीवन बीमा ०.३८ र म्युचुअल फन्ड ०.१ प्रतिशतले ओरालो लागेको थियो ।

आइतबार ५३ करोड १७ लाख रुपियाँको शेयर कारोबार भएर हिमालयन डिष्टिलरी सबैभन्दा धेरै कारोबार हुनेमध्ये अग्रपँक्तिमा परेको छ भने नेपाल लाइफ र शिखर इन्स्योरेन्सको पनि ३१ करोड धेरैको शेयर खरीद बिक्री भएको छ ।

पहिलो दिन कारोबारमा आएका करिब तीन दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमध्ये अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन् । मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ ।

आइतबार भएको कारोबारमध्ये ८०.०६ प्रतिशत कारोबार अनलाइनमार्फत भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । अहिलेसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि तीन लाख २७ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको जनाउँदै नेप्सेले आइतबारको कारोबारमा ५० हजार ९२३ लगानीकर्ता सहभागी भएको जनाएको छ ।

पछिल्लो समय लगानीकर्ताहरूले दोस्रो बजार कारोबारमा उत्साहनजक सहभागिता जनाउँदै आएको भन्दै नेप्सेले यसको निरन्तरताका लागि दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनियता तथा पारदर्शी बनाउने नउद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले जनाएको छ । लगानीकर्ताहरुको लगानीको हित संरक्षणका लागि सदैव तयार रहेको नेप्सेले जनाएको छ ।


SHARE THIS