शुरु भयो नेपाल सहकारी बैंक दर्ता प्रकृया, आठ अर्ब पूँजी तयार

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिको टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेको छ ।

बैंकको तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य  सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेको हो ।

फाइल बुझाउने कार्यक्रममा नेपाली काङ्ग्रेसको सहकारी विभाग प्रमुख एवं पूूर्व मन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको सहभागिता रहेको थियो ।

प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूूर्ण कागजात सहित प्रकृया पुरागरी बैंक दर्ता गर्न ५६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गर्नुभयो । दिउँसो १ बजे विभाग पुगेका टोलीले फाइल हस्तान्तरण गरेको थियो ।

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रकृया अघि बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विधिबत रुपमा फाइल बुझेका छौं, अपुग भएमा फेरी कागजात मागेर प्रकृया थाल्नेछौं । उहाँले दर्ता प्रकृयामा विभागले सहयोग गर्ने बताउनुभएको थियो ।

बैंक दर्ताको लागि ५०१ फाइल आवश्यक पर्नेमा ५०६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । बैंक स्थापना गर्न तीन अर्ब पूूँजी आवश्यक पर्नेमा आठ अर्ब पूँजी तयार भएको प्रस्ताबित बैंकका अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

आइतबारदेखि विधिवत रुपमा बैंक दर्ता प्रकृया अघि बढेको जानकारी दिँदै उहाँले भन्नुभयो – ‘विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ । बैंक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ । ऐन अनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैकले दिनेछ ।’

यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूूर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो । भेला लगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।

प्रस्ताबित बैंकका अध्यक्ष भण्डारीले अब बैंक सञ्चालन प्रकृया अघि बढिसकेको प्रतिक्रिया दिनुभयो । देशभरका करिब एक हजार सहकारी संस्था रहेको बैक दर्तासँगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने बताउनुभयो । विभागले स्वीकृत दिए लगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैंक स्थापना हुनेछ ।

दर्ता प्रकृया अघि बढाउन सबै सञ्चालक विभाग पुगेका थिए । प्रस्ताबित बैंकको बैठकले बिहीबार २५ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको थियो ।

दर्ता प्रकृया पुरा गर्न फाइल सहित विभाग पुग्नुभएका बैकका अध्यक्ष  भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बंैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी दर्ता गरेको जानकारी दिनुभयो ।

प्रकृया शुरु भइसकेको अवस्थामा यसलाई अन्य कसैले रोक्न नसक्ने जिकीर गर्दै उहाँले भन्नभयो – ‘आजबाट दर्ता प्रकृया शुरु भयो, अब कसैले रोक्न सक्दैन । राष्ट्रिय सहकारी बैंकका केही अधिकारीले बंैकको दर्ता प्रकृया अघि बढ्न नदिन विभिन्न प्रपन्च अपनाएका थिए ।’

उहाँले सहकारी ऐन २०७४ र नियमाबली २०७५ को आधारमा बंैक दर्ता प्रकृया अघि बढाइएको जानकारी गराउँदै भन्नुभयो – ‘करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका थियौं । अब दर्ता प्रकृया शुरु गर्नेछौं ।’ उहाँले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्था का एक हजार भन्दा बढी सदस्य संस्थाको फाइल विभागमा बुझाइएको जानकारी गराउनुभयो ।

प्रस्ताबित बैंकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गीता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ ।

काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहनुभएको छ ।

यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ । भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा  सुपरीवेक्षण समिति गठन  गरिसकेको छ ।


SHARE THIS