२५ सय विन्दु माथि पुगेको नेप्से अन्तिममा भने ओरालो, कारोबारमा सुधार कायमै

काठमाडौं । साताको चौंथो कारोबारी दिनको सेयर बजारमा सुधारको निरन्तरता आएन । बजार खुलेको पहिलो सत्रमा दोहोरो अंकले उकालो लागेर २५ सय विन्दु माथि पुगेको नेप्से अन्तिममा भने ओरालो लागेर बन्द भएको छ ।

मङ्गलबार उच्च अंकले बढेको सेयर बजारमा बुधबार छ अंकको ओरालो लागेको हो । कारोबार अवधिभर नै उतारचढाव देखिएको बजार अन्तिम समयमा भने अंकले ओरालो लागेर बन्द भएको हो ।

लगानीकर्ता खरिदबिक्रीमा तानिँदा कारोबार रकममा आकर्षक माहौल बनेपनि नेप्से परिसूचकमा भने गिरावट आएको हो ।

सत्तारुढ दल नेकपा विभाजनको असर सेयर बजारमा देखिएको पनि विश्लेषकहरुको भनाई छ । नेकपाबाट विभाजित प्रचण्ड माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबारको बजारम गिरावट आएको हो ।

बुधबार सेयर बजारमापक नेप्से ६.८१ अंकले ओरालो लागेर २४६६.९२ अंकमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले उकालो लाग्दा ४५२.२९ अंकको विन्दुमा पुगेर अडिएको छ ।

समग्रमा बुधबारको नेप्से ०.२८ प्रतिशतले ओरालोा लागेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले उकालो लागेको छ ।

साताको तेस्रो कारोबार दिन भने सेयर बजारले सुधारलाई नै निरन्तरता दिएको थियो । मङ्गलबारको नेप्से परिसूचक ६५.४९ अंकले उकालो लागेर २४७३.७३ को विन्दुमा पुगेको थियो । ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १४.१० अंकले बढेर ४५१.३८ को विन्दुमा पुगेको थियो । समग्रमा नेप्से २.७२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ३.२२ प्रतिशतले बढेको थियो ।

बुधबार दिनभर २०२ कम्पनीहरुको दुई करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर ९१ हजार ५५९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब एक अर्ब रुपियाँले बढी हो ।

मङ्गलबार कुल  दुई  सय कम्पनीको एक करोड ५३ हजार २५ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपियाँको कारोबार भएको थियो ।

चार वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको बुधबार स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । उन्नति लघुवित्तको ९.९८ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्तको ९.९८ प्रतिशत र र महुलि सामुदायिक लघुवित्तको ९.८१ प्रतिशतले बढेको छ ।

यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको चौंथो दिन नारायणी डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.८६ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ३.५८ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ ।

बुधबार ६० करोड ८० लाख रुपियाँ बराबरको शेयर कारोबार भएर ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्ये अग्रपँक्तिमा परेको छ । नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण कावेली पावरको ३४ करोड ६० लाख, नेपाल दुरसञ्चार कम्पनीको ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल बैंक, नेपाल लाइफ, शिखर इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, प्रभु लाइफ र रिmायन्स लाइफ इन्स्योरेन्स शीर्ष ठूलो कारोबार गर्ने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको रिलायन्सको १७ करोड ४८ लाख बढीको शेयर खरीद बिक्री भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य घटेको चौंथो दिन ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ । 

बुधबार कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये चार वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी आठ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको बुधबार होटल १.४६, विकास बैंक ०.४६, फाइनान्स १.६८, निर्जीवन बीमा ०.७९, उत्पादन र प्रशोधन १.६५, अन्य ०.८६ र जीवन बीमा १.०७ प्रतिशतले ओरालो लागेका छन् । हाइड्रोपावर सर्वाधिक १.०४ पतिशतले उकालो लागेको बुधबार बैंकिङ ०.२४, माइक्रोफाइनान्स ०.०२, म्युचु्अल फण्ड ०.३८ प्रतिशतले उकालो लागेको छ ।

मङ्गलबार कारोबारमा आएका कुल १२ समूहमध्ये होटल समूहको परिसूचक ओरालो लागेको थियो भने बाँकी समूहको परिसूचक बढेर बन्द भएको थियो । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६२६.२ अंकले र जीवन बीमा समूह ५९२.२४ अंकले बढेको थियो  । बैङ्किङ समूहको परिसूचक ३३.७१ अंकले बढेको थियो ।


SHARE THIS