बीमा समितिले पायो नयाँ नेतृत्व, अध्यक्षमा पूर्व सचिव सिलवाल

काठमाडौं । झण्डै एक महिनापछि बीमा समितिले नयाँ अध्यक्ष पाएको छ । एक महिना रिक्त रहेको बीमा समितिले नयाँ नेतृत्व पाएको हो । बीमा क्षेत्रको नियामक समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त हुनुभएको हो ।

गत पुस २३ गतेदेखि समितिका तत्कालिन अध्यक्ष चिरञ्जिवि चापागाईंको अवकासपछि समिति अध्यक्षबिहीन थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गर्नुभएका अध्यक्ष सिलवालको कार्यकाल चार वर्षको हुनेछ । गृहसचिवबाट सेवा निवृत्त सिलवाल उद्योग सचिव पनि हुनुभएको थियो ।

समितिको नयाँ अध्यक्ष बन्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा। रामशरण खरेलसम्म अध्यक्षको आकांक्षी थिए । त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडधुपमा लागि परेका थिए।


SHARE THIS