अनलाइनबाट घरमा नै औषधि उपलब्ध

काठमाडौं । नियमित औषधि सेवन गरिरहेकाहरूलाई औषधि सकियो, किन्न जान पाइएन भन्ने चिन्ता हटेको छ । अब यस्ता बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमा नै पु-याउने व्यवस्था मिलाएको हो ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेसक्रिप्सन अनुसारका औषधि घरमा नै पु¥याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सब्मिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी हुने कम्पनीले जनाएको छ ।

अनलाइनबाहेक फोन, इमेल, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ । यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउनेछन् । तत्काल काठमाडौं उपत्यकाभित्रमात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य शहरमा पु¥याउने कम्पनीको लक्ष्य रहेको छ ।

चिकित्सकले सिफारिस गरेका जुनसकै औषधिलाई कम्पनीले सजिलै घरसम्म पु-याइदिने भएपछि कोरोना संक्रमणको यो महामारीमा मानिस जोखिम मोलेर औषधि किन्न भीडभाडमा जानुपर्ने झन्झटबाट मुक्त हुनुको साथै संक्रमणबाट समेत सुरक्षित हुने भएका छन् । यसका अतिरिक्त औषधि खरिद गर्न जाँदा लाग्ने समयलाई बिरामीको सेवा वा घर–अफिसको काममा उपयोग गर्न पाउनेछन् भने कतिपय औषधि नपाएर विभिन्न ठाउँमा भौँतारिनुपर्ने पीडा पनि अब हुनेछैन ।

औषधि पु-याएपछि बिलअनुसारको नगद भुक्तानी वा ई–सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यकारी निर्देशक असिम शर्माले जानकारी दिनुभयो ।

नेपालको औषधि बजारमा नौलो प्रयोगका रूपमा रहेको सेवामूलक यो व्यवसायले सर्वसाधारणको जनजीवनलाई सहज बनाउने अपेक्षा कम्पनीको छ । बिरामीको सेवा–सुसार गर्दागर्दै तनावमा रहेका परिवारजनलाई यो सेवाले केही हदसम्म भए पनि सहजता प्रदान गर्न सक्छ । त्यसमा पनि विश्वासिलो र भरपर्दो सेवा उपलब्ध हुने भएकाले छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।


SHARE THIS