नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर तेस्रो दिनमै १.३१ गुणाभन्दा बढीको माग

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) तेस्रो दिन १.३१ गुणाभन्दा बढीको माग भएको छ । पहिलो दिनमा नै आधाभन्दा बढीको बिक्री भएको कम्पनीको शेयर दोस्रो दिन शनिबार नै ८० प्रतिशत बढी बिक्री भएको थियो । तेस्रो दिन आइतबार १.३१ गुणा धेरै आवेदन परेको हो ।

बैंकको आईपीओमा आठ लाख दुुई हजार ७०८ वटा आवेदन मार्फत नौ अर्ब ९४ करोड छ लाख ७४ हजार रुपियाँको आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइतबार ४ः३० बजेसम्ममा नौ करोड ९४ लाख ६ हजार ७४० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा सात करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल आठ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात एक लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।


SHARE THIS