७५३ स्थानीय तहमध्ये ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा पुगे

काठमाडौं । नेपालका कुल ७५३ स्थानीय तहमध्ये २०७७ कात्तिकसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ कात्तिकसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ कात्तिक मसान्तमा १४६ कायम भएको छ । जस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ कात्तिक मसान्तमा ९९३७ पुगेको छ ।

यस्तै वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ कात्तिक मसान्तसम्म कुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।


SHARE THIS