कृषि विकास र उद्यमशीलताका लागि विश्व बैंकको साढे नौ अर्ब ऋण

काठमाडौं । विश्व बैंकले महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि नेपाललाई करिब नौ अर्ब ५० करोड रूपियाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि सोमबार वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार विश्व बैंकले महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि नेपाललाई करिब नौ अर्ब ५० करोड रूपियाँ (९८ करोड अमेरिकी डलर) बराबरको ऋण सहयोग उपलब्ध गराउन लागेको हो ।

ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गर्नुभएको छ ।

आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिने बताइएको छ ।

सम्झौतापछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवद्र्धन गर्दै कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई अभिबृद्धि गर्ने विश्वास गरिएको छ।


SHARE THIS