हस्तकला महासंघले ग-यो हस्तकला वर्ष घोषणा, निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार

काठमाडौं । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउनुभएको हो ।

‘हस्तकला समृद्धिका सम्भावना’ भन्ने नाराकासाथ नेपाल हस्तकला महासंघले आफ्नो ४८ औं वार्षिकोत्सव नवौं हस्तकला दिवस र हस्तकला वर्षको आइतबार शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सो बारेमा सुझाव दिन महासंघलाई आग्रह गर्नुभयो । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उहाँले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उहाँको भनाइ छ ।

सचिव अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको पनि उहाँले गुनासो गर्नुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवद्र्धनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्या बारेमा ध्यानाकर्षण गराउनुभएको थियो भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला वर्षका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । महासंघले हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ ।

कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पु-याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिनुभयो ।

वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा वस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक विषयवस्तुमा वेबिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच बृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई व्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रर्बद्धन गर्न त्रैमासिक रुपमा क्रेताबिक्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताउनुभयो ।

त्यसैगरी वस्तुगत विधाको लागि सामूहिक टे«डमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासँग इन्टेरियर डिजाईनिङ समायोजन गर्ने, मूर्त तथा अमूर्त कला सस्कृतिको प्रवद्र्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुलाई परिचयपत्र प्रदान गर्ने, अर्र्धवार्षिक कला प्रर्दशनी आयोजना गर्ने, विधागत हेरिटेज वाक आयोजना गर्ने, विभिन्न वस्तु विधाको प्रवद्र्धनको लागि छोटो डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेबलिङ योजना तयारी गर्ने, विशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ड इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, विधागत हस्तकलाको विभिन्न मिडियामार्फत प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् ।

त्यसैगरी बढिभन्दा बढी वस्तुगत संघ र सात वटै प्रदेशका जिल्ला संघलाई महासंघमा आबद्ध गरी सात वटै प्रदेशमा महासंघको पहँुच विस्तार गर्नेर्,े हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन, कानून नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र सञ्चालन र हस्तकलाग्राम स्थापना र हस्तकला विकास नीति कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा विकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, सञ्चार तथा आर्थिक कारोबार र व्यवसायिक सञ्जालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

महासंघले विगत ४७ वर्षदेखि निरन्तर क्रियाशील भई नेपालभरका मूर्त र अमूर्त ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण एवं सम्बद्र्धनको साथै हस्तशिल्पीको जनजीवनमा सुधारलगायत हस्तकला निकासी व्यापारको प्रवद्र्धनको लागि निकासीमैत्री नीति नियम तर्जुमा र समय सापेक्ष सुधारको लागि नेपाल सरकार समक्ष पैरवी गर्ने साथै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

महासंघले २०७७ मंसिर २८ गते महासंघसँग आबद्ध १६ जिल्ला हस्तकला संघ, ११ वस्तुगत संघ सहित उद्यमी, व्यवसायी, निकासीकर्ता, हस्तकला क्षेत्रका गैरसरकारी संस्था, सहकारी संस्था, कलाकार कालिगढहरु गरी १६०० क्रियाशिल सदस्यहरु बीचमा ४८ औं वार्षिकोत्वस, नवौं हस्तकला दिवस तथा हस्तकला वर्ष घोषणा कार्यक्रम मनाउने भएको छ ।

कोभिड – १९ को असर पर्यटन उद्योग व्यवसायपछि हस्तकला उद्योग व्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको जनाएको छ । विशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग व्यवसायले रोजगारी सिर्जना गरी निर्यात व्यापार मार्फत विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा विदेश निर्यात र आन्तरिक उपभोग गरी २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको हस्तकला उद्योग व्यवसाय र ११ लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेका छन् । कोभिड – १९ को प्रभावबाट धरासायी हुन पुगेको अवस्था छ । यस अवस्थाबाट मध्यनजर गरी सरकारी कार्यालयमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरी खस्किएको हस्तकला उद्योग व्यवसायलाई संरक्षण र सम्बद्र्धन गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले सीपमूलक स्वरोजगारमुखी तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापनका तालिम प्रदान गर्ने एवं स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर हुने स्पष्ट व्यवस्थालाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।


SHARE THIS