नयाँ नोटबिना मनाउनुस यस वर्षको दशैं, राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

काठमाडौं । यसपालीको दशैंका लागि नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंको लागि नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नयाँ नोट साट्दा भीडभाडबाट जोखिम बढ्ने भन्दै राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेको हो।

राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीलार्इ समेत कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारले बैंक तथा वित्तीय संस्थामा समेत भीडभाड गर्न रोक लगाएकोले नयाँ नोट सटही नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।

हरेक राष्ट्रिय पर्वमा विशेष गरी दशैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने गरेको छ। विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना विभागीय कार्यालय र केही वाणिज्य बैंकबाट समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको थियो।




SHARE THIS