दशैंको माहौलमा लगानीकर्ता, सेयर किन्ने भन्दा बिक्री गर्ने बढे, परिसूचक र कारोबारमा गिरावट

काठमाडौं । नेपालीहरुको महान चाड दशैंमा लगानीकर्ता फेष्टिभ मुडमा हुँदा सेयर बजार ओरालो लागेको छ । को शुरु भएपछि सेयर बजारले ओरालो लय समाएको छ । अघिल्लो साता सुधारिएर बन्द भएको बजारमा यो साताको पहिलो दिनमै गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको शुरुवात पनि बजार ओरालो लागेर भएको छ ।

बजारमा  खरिद गर्ने भन्दा पनि बिक्री गर्नेहरु बढी हाबी हुँदा बजारमा गिरावट आएको हो । दसैं तिहारमा सेयर कारोबार सुस्त हुँदा बजार घट्ने भएकाले यतिबेला नाफा बुक गरेर बस्न थालेका छन् भने चाडका लागि चाहिले रकमको जोहो गर्न पनि लगानीकर्ताहरुले सेयर बिक्री गर्नेहरु बढेका छन् ।

आइतबार सेयर बजार नाप्ने नेप्से परिसूचक ५.६६ अंकले ओरालो लागेर १५५६.८० को विन्दुमा पुगेर अडिएको छ । आइतबारको सेन्सेटिभ इन्डेक्स पनि १.८१ अंकले ओरालो लागे ३०८.२७ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्से ०.३६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.५८ प्रतिशतले ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम कारोबार दिन अर्थात बिहीबार भने नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको थियो । बिहीबार नेप्से परिसूचक १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा बन्द भएको थियो भने  सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले बढेको थियो ।

आइतबार दिनर १८७ कम्पनीको ४३ लाख ९५ हजार ६६९ कित्ता सेयर १७ हजार १२० पटक खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ५१ लाख ४५ हजार ३६९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १६ करोडले कमी हो ।

पहिलो दिन कारोबारमा आएका ब्यापार र निर्जीबन बीमा बाहेक दशवटा उपसमूहको परिसूचक घटेका छन् । ब्यापारमा १।२५ प्रतिशतले बढ्दा निर्जीबन बीमाको सूचक पनि ०।४१ प्रतिशतले बढेको छ । आजको बजारमा विकास बैंकको सूचक सबैभन्दा धेरै १।४२ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल, जलविद्युत, वित्त, उत्पादन, लघुवित्त, अन्य, जीबन बीमा र म्युचुअल फण्डको सूचक पनि घटेका छन् ।

जनरल इन्स्योरेन्समा सकारात्मक सर्किट ब्रेक

पहिलो दिनको बजारमा जनरल इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । गत बुधबार ९असोज २८ गते० देखि कारोबारमा आएको कम्पनीको सेयरमूल्य तेस्रोे कारोबार दिन सकारात्म सर्किट लागेको हो । प्रतिकित्ता ३०५ रुपियाँमा शेयर कारोबार खुलेको कम्पनीको शेयर आइतबार ९९ रुपैयाँ बढेर ४०४ रुपियाँ पुगेको छ ।

यसबीचमा कम्पनीको बुधबार १५० कित्ता, बिहीबार १३२ कित्ता र आइतबार २२२ कित्ता शेयर कारोबार भएको छ । भर्खरै आईपीओ जारी गरेको कम्पनीको शेयरमूल्य बढाउने उदेश्यका साथ शुक्रबार र आइतबार अडलट अर्थात २ र २ कित्ताको कारोबार भएको देखिन्छ ।

यसैगरी पहिलो दिनको बजारमा आइसीएफसी फाइनान्सको शेयरमूल्य ५.२६ प्रतिशत, नेपाल ल्यूब आयल ४.७४ र गुराँस लघुवित्तेको शेयरमूल्य ४.१६ प्रतिशतले सुधारिएको छ । प्रागेशिभ फाइनान्स, हिमालयन बैंक संस्थापक, रिडी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमाभित्र अटाएका छन् ।

रैराङ्ग हाइड्रोपावरको धेरै घट्यो

आइतबार कारोबारमा आएका कम्पनीमध्ये रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य धेरै घटेको छ । कम्पनीको प्रतिकित्ता १५ रुपैयाँ अर्थात ७.५४ प्रतिशतले घटेर १८४ रुपैयाँमा झरेको हो ।

यसैगरी नेपाल फाइनान्सको ६.२९, अरुण भ्याली ५.१७, घलेम्दी हाइड्रोपावर ४.२४ प्रतिशतले घटेको छ । समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट, बरुण हाइड्रोपावर, अपि पावर, लुम्बिनी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य घटेको छ ।

हिमालयन बैंकको उच्च कारोबार

आइतबार कर्मचारी सञ्चय कोषले खरीद गरेपछि हिमालयन बैंक संस्थापकको उच्च कारोबार भएको छ । बैंकको प्रि ओपनिङ्ग सेसनमा बल्क ट्रेडिङ्गबाट बैंकको ८ लाख १५ हजार १७२ कित्ता शेयर प्रतिकित्ता ३०० रुपैयाँका दरले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको शेयर बिक्री भएको हो ।

उक्त शेयर ज्योति ग्रुपले ब्रोकर नम्बर ४३ बाट बिक्री गरेर ४० नम्बर शेयर ब्रोकर मार्फत कर्मचारी सञ्चयकोषले खरीद गरेको छ ।

यसैगरी नेपाल रि इन्स्योरेन्सको ५ करोड ८५ लाख, आइसीएफसी फाइनान्सको ३ करोड ९६ लाख, नागरिक लगानी कोषको ३ करोड ९५ लाख, नेपाल बैंकको ३ करोड ५४ लाख, र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५० लाखको शेयर कारोबार भएको छ ।

अरुण काबेली पावर, बैंक अफ काठमाण्डू संस्थापक, शिखर यन्स्योरेन्स र कुमारी बैंकको पनि उच्च कारोबार भएको छ । रकमका आधारमा दशौं ठूलो शेयर कारोबार भएको कुमारी बैंकको २ करोड ३७ लाख बढीको शेयर खरीद बिक्री भएको हो ।


SHARE THIS