यस साता १२ अर्ब १५ करोडभन्दा बढीको सेयर कारोबार, नेप्से ११ अंकले घट्यो

काठमाडौं । यो साता सेयर बजारमा १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार रुपियाँ बराबरको चार करोड चार लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर बजारमा २०६ कम्पनीको दुई लाख ६१ हजार ८४९ पटकको कारोबारमा १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार रुपियाँ बराबरको चार करोड चार लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

जुन गत साताको तुलनामा १४.९४ प्रतिशत कम हो । गत साता बजारमा १४ अर्ब २८ करोड रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।

साताभरको नेप्से परिसूचक करिब ११ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १५७२.१८ विन्दुमा बन्द भएको नेप्से यस साता १०.९१ अंक अर्थात ०.६९ प्रतिशत घटेर १५६१.२७ विन्दुमा झरेको छ ।

यस साता ७२ करोड ८१ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएर कारोबार रकमका आधारमा यस साता नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । अघिल्लो साता कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको भने यस साता ६१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

एक डिबेञ्चर सहित पाँच कम्पनीको दुई करोड ११ लाख ७७ हजार ४३७.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको यस साता लिबर्टी इनर्जीको एक करोड ५० लाख कित्ता तथा समाज लघुवित्तको दुई लाख कित्ता आईपीओ, एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५० हकप्रद, छ्याङ्दी हाइड्रोपावरको एक लाख ३५ हजार कित्ता बोनस सेयर र २० लाख कित्ता प्रभु बैंक डिबेञ्चर २०८४ सूचीकृत भएको छ ।

मोस्ट पपुलर बाइ स्टकमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल सेवा लघुवित्त, मञ्जुश्री फाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरु परेका छन् । त्यसैगरी, मोस्ट पपुलर सेल स्टकमा यस साता हिमाल दोलखा हाइड्रोपावर, युनाइटेड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको परेका छन् ।


SHARE THIS