वर्ल्डलिंकको २५ वर्षे यात्रा, सेवा प्रयोगकर्ता संख्या २१ लाख

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आफनो २५ वर्षे यात्राका  आफ्नो सेवा प्रयोगकर्ता संख्या २१ लाख पु-याएको छ ।

वर्ल्डलिंकका अनुसार हाल आफ्नो सेवा प्रयोग गर्नेको संख्या २१ लाख छ । जसमध्ये हालसम्म कम्पनीले ४ लाख ८ हजार ५ सय घरमा आफ्नो कनेक्सन जडान गरिसकेको छ । यस्तै १ लाख ८४ हजार ५ सय जनाले कम्पनीको आइपीटीभी सेवा प्रयोग गरिरहेका छन् । ३ हजार ९ सय ५० जनालाई रोजगारी दिईरहेको कम्पनीको सेवा १ दशमलव २ टेराबाईट प्रतिसेकेन्ड खपत भईरहेको छ ।

यस्तै कम्पनीले अघिल्लो बर्ष मात्रै आफ्नो आईपीभी सिक्स ईनेबल गरेको थियो । नेपालमै पहिलोपल्ट कम्पनीले आईपीभी सिक्स ईनेबल गरेको थियो । जसलाई विश्वकै धेरै कम आईएसपीहरुले मात्रै ईनेबल गर्ने गरेका छन् । आईपीभी सिक्समा जाँदा ग्राहकले सुरक्षित, भरपर्दो ईन्टरनेट सेवा पाउँछन भने कम्पनीका लागि रिमोट ट्रबलसुटिङमा समेत धेरै सहजता उत्पन्न हुन्छ ।

पछिल्लो समय नेपालमा इन्टरनेटको पर्यायका रुपमा स्थापित भएको नाम बनेको हो वर्ल्डलिंक । नेपालमा ईन्टरनेट सेवाको विस्तारमा अग्रणी भूमिका निर्वाह गरिरहेको ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आज आफ्नो यात्राको सुनौलो २५ औं वर्षमा प्रवेश गरेको छ ।

आफ्नो निरन्तरताको लामो यात्रामा वर्ल्डलिंकले आफुलाई इन्टरनेट सेवा प्रदायकको रुपमा जसरी सफलता प्राप्त गरेको छ सो भूमिकालाई थप प्रभावकारी र फराकिलो बनाउन विदेशी लगानीसमेत भित्र्याइसकेको छ ।

वर्ल्डलिंकको अहिलेको सफलता यतिकै प्राप्त भएको भने होइन । सफलतासँगै विभिन्न बाधा, व्यवधानको सामना गरेर अघि बढिरहेको कम्पनीले आफ्नो यात्राको प्रारम्भ सन १९९५ मा आफ्नो ईमेल सेवा लन्च गरेर गरेको थियो ।

 कम्पनीले त्यसको २ बर्षपछि डायल अप इन्टरनेट सेवा सञ्चालनमा ल्याएको थियो ।

डिजिटल नेपाल निर्माणको अभियानमा महत्वपूर्ण सहयोग गरेको कम्पनीले हाल आफ्नो सेवा नेपालका ७३ जिल्लामा फैलाईसकेकोे छ । सन् १९९९ सम्म काठमाडौंमा मात्रै सेवा दिईरहेको कम्पनीले त्यसपछि मात्रै आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको थियो । त्यसयता कम्पनीले सन २००० देखि वायरलेस ब्रोडब्याण्ड सेवा, सन २००१ मा आकामाईसँग ‘कन्टेन्ट क्यास’ सम्भौता गरेको थियो ।

नेपालमा इन्टरनेट सेवाको भर्खरै विकास भईरहेको बेलामा सन २००२ मा कम्पनीले देशका हरेक प्रमुख शहरहरुमा भिस्याट संजाल विस्तार गरेको थियो ।

सन २००३ मा कम्पनीले केवलमार्फत ईन्टरनेट सेवाका विस्तार सुरु गरेको थियो । यसरी केवलमार्फत ईन्टरनेट सेवा प्रदान गर्न सुरु गरेदेखि कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई पनि तीव्रता दिन थालेको देखिन्छ । कम्पनीका अनुसार सन २००८ मा बाहिरबाट आउने ब्याण्डविथका लागि फाईबर जडानको लागि काम भएको थियो ।

कम्पनीले आफ्नो २५ बर्षको अवधिसम्म आइपुग्दा कन्टेन्ट क्यास लागि आकामाई, गुगल, फेसबुकलगायतसँग सहकार्यसमेत गरिसकेको छ ।

कम्पनीले आफ्ना सेवालाई विस्तारमात्रै गर्ने नभएर सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका विभिन्न १० हजार ३० सार्वजनिक स्थानमा निशुल्क वाईफाई सेवाको व्यवस्था मिलाएको छ । जसका प्रयोगकर्ता मात्रै हाल प्रतिदिन १ लाख ५१ हजार पुग्ने गरेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै हाल कम्पनीले आफ्नो सेवालाई थप विस्तार र भरपर्दो बनाउन अमेरिकाका सीडीसी कम्पनीसँग लगानी सम्झौतासमेत गरिसकेको छ ।

वर्ल्डलिंकका अनुसार हाल आफ्नो सेवा प्रयोग गर्नेको संख्या २१ लाख छ । जसमध्ये हालसम्म कम्पनीले ४ लाख ८ हजार ५ सय घरमा आफ्नो कनेक्सन जडान गरिसकेको छ । यस्तै १ लाख ८४ हजार ५ सय जनाले कम्पनीको आइपीटीभी सेवा प्रयोग गरिरहेका छन् । ३ हजार ९ सय ५० जनालाई रोजगारी दिईरहेको कम्पनीको सेवा १ दशमलव २ टेराबाईट प्रतिसेकेन्ड खपत भईरहेको छ ।

यस्तै कम्पनीले अघिल्लो वर्ष मात्रै आफ्नो आईपीभी सिक्स ईनेबल गरेको थियो । नेपालमै पहिलोपल्ट कम्पनीले आईपीभी सिक्स ईनेबल गरेको थियो । जसलाई विश्वकै धेरै कम आईएसपीहरुले मात्रै ईनेबल गर्ने गरेका छन् । आईपीभी सिक्समा जाँदा ग्राहकले सुरक्षित, भरपर्दो ईन्टरनेट सेवा पाउँछन भने कम्पनीका लागि रिमोट ट्रबलसुटिङमा समेत धेरै सहजता उत्पन्न हुन्छ ।


SHARE THIS